धनगढीः रुस्लान धनगढी क्रिकेट लिगको दोस्रो संस्करणका अक्सन’मा दुई सय दुई जना खेलाडी रहने भएका छन् । अक्सनमा आवेदन दिएकामध्ये सबै प्रक्रिया पुगेका एक सय ९२ र ट्यालेन्ट हन्टबाट आएका १२ जनालाई अक्सनमा राखिएको हो ।
आयोजकका अनुसार अक्सनमा सहभागी हुने सम्पुर्ण खेलाडीहरुको नामावली सहभागी टोलीहरुलाई पठाइसकिएको छ । छ टोली सम्मिलित प्रतियोगितामा एउटा टोलीले १२ जना खेलाडीलाई ११ लाख रुपियाँ भित्रमा किन्न पर्नेछ । त्यसबाहेक रणनितीक खेलाडीले न्युनतम दुई लाख पाउनछन् ।
डीपीएलका टोलीहरुको रणनीतिक खेलाडीहरु र्सावजनिक भै सकेका छन् । साथै, एक टोलीमा दुई जना विदेशी खेलाडी लिनुपर्नेछ । आयोजकले अक्सनका लागि खेलाडीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरेको छ । आयोजकका अनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट १५ खेल तथा तीन वर्षदेखि राष्ट्रिय टोलीमा समावेश भएका खेलाडी रहेका छन् ।
अक्सनमा उनीहरुले न्युनतम एक लाखदेखि एक लाख ५० हजारसम्मको भाउ पाउनेछन् । बी श्रेणीमा बाँकी खेलाडी तथा यु १९ राष्ट्रिय टोलीका खेलाडीहरुलाई समेटिएको छ । साथै अनप्याड खेलाडीहरुलाई सी श्रेणीमा राखिएको छ । उनीहरुको अक्सनमा न्युनतम मूल्य २५ देखि ७५ हजारसम्म तोकिएको छ ।
प्रतियोगितमा महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्स रहेका छन् । यसवर्ष ५० लाख रुपियाँ बराबरको पुरस्कार मात्रै रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउनेछन् । यो नेपाली क्रिकेट इतिहासकै र्सावधिक पुरस्कार राशी हो ।
दोस्रो सिजनमा डीपीएलको तेस्रो र चौथो हुने टोलीले पनि पुरस्कार पाउने व्यावस्था गरिएको छ । साथै, प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले १८० सीसीको मोटरसाइकल पाउनेछ ।