सकियो डीपीएलको अक्सन, छ टिमले ७२ खेलाडीलाई लगाए भाउ

Advertisement

काठमाडौंः धनगढी प्रिमियर क्रिकेट लिग (सिजन दुई) प्रतियोगिताको अक्सन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न भएको अक्सनबाट प्रतियोगितामा सहभागी छ टोलीले ७२ खेलाडीलाई अक्सनबाट भाउ लगाएका छन् ।

चैत १७ गतेबाट धनगढीमा सुरु हुने देशकै सार्वधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगितामा चार खेलाडी सार्वधिक महँगो मूल्यमा बिक्री भए । वसन्त रेग्मी, करण केसी, आरिफ शेख र सागर पुन एक लाख ५० हजार रुपियाँमा बिक्री भएका हुन् ।

वसन्तलाई विराटनगर किंग्सले, आरिफलाई महेन्द्रनगर युनाईटेडले र सागरलाई रुपन्देही च्यालेन्जर्सले मँहगो मूल्यमा भाउ लगाएका हुन । साथै, पृथु बास्कोटालाई विराटनगरले र नरेश बुढाएरलाई काठमाडौं गोल्डेन्सले एक लाख २० हजार रुपियाँमा टोलीमा अनुबन्ध गरेका छन् ।

प्रतियोगितामा छ टोलीहरु विराटनगर किंग्स, सिवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स र टिम चौराहा धनगढीले एकआपसमा प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

Advertisement

Advertisement