काठमाडौंः नेपालमै पहिलो पटक राष्ट्रियस्तरको ‘नेसनल स्टन्ट ब्याटल २०१६’ हुने भएको छ । नेपाल कल्चरल एन्ड एड्भेन्चर इभेन्ट्स र नेपाल मोटरसाइकल फेडरेसन क्लबको संयुक्त आयोजनामा आगामी मंसिर पहिलो साता उक्त प्रतियोगिता हुने भएको हो ।
उक्त प्रतिस्पर्धामा समूहगततर्फ पाँच र ब्यक्तिगततर्फ १० जनाको छुट्टाछुट्टै स्टन्ट प्रस्तुति रहने छ । यसमा स्टन्ट राइडरहरुले स्टन्ट मात्र नभई आफ्नो प्राविधिक कौशल समेत प्रदर्शन गर्ने छन् । मोटरसाइकलमा स्टन्ट गर्नु र यस्तो प्राविधिक कौशलता प्रस्तुत गर्न पाउनु धेरै युवाहरुको चाहना र सपना रहेको पाइन्छ ।
यस प्रकारका प्रतिस्पर्धाले उनीहरुलाई अवसर प्रदान गर्र्नुका साथै भविष्यमा यस्ता खालका प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिताका लागि उपयोगी हुनसक्ने आयोजकको भनाई छ । एनएमएफसीले प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय तथाअन्तर्राष्ट्रिय मञ्चहरुमा समेत सहभागिताका लागि पहल गर्न भूमिका खेल्ने छ ।
यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठुला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको फेडरेसनले एनसीएइभेन्ट्सको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को समेत साथ रहेको छ ।