काठमाडौँ: प्रहरीले चार वर्ष अघि जग्गाको कमिसनको कुरा नमिल्दा अपहरण मुद्दामा फरार रहेका सुनिल तामाङलाई पक्राउ गरी केन्द्रिय कारागार चलन गरिएको छ ।
पीडित शिव बहादुर खड्काले आफुले मिलाएको जिग्गा किनबेच मामिलामा उनका अन्य साथीहरुलाई कमिसन नदिएको आरोपमा पीडित खड्कालाई तामाङ लगायत उनका साथीहरुले २०६७ जेठ २६ गते जोरपाटी गा.वि.स महाकालवारी स्थित सुवर्ण खड्काको घरमा बन्धक बनाएर राखेका थिए । पीडित खड्काको ११ दिनपछि उद्दार भएको थियो ।
पछि प्रहरीको सहयोगमा पीडितको सकुशल उद्दार गरिएको थियो । उक्त घटनामा प्रतिबादी सुनिल तामाङलाई अपहरण मुद्दामा पुनरावेदन अदालत पाटनले २०७०/०१/३१ गते ९ बर्ष कैद र ५० हजार रुपियाँ जरीवाना सुनाएको थियो ।
उनलाई केन्द्रिय अनुशन्धान ब्यूरोको टोलिले मिति यहि फागुन १२ गते सिन्धुपाल्चोक, ठुलो धादिङबाट पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा थियो र अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाईएको, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।