एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी)का ब्राजिलीयन स्टार नेयमारको खुट्टाको हड्डी भाचिएको छ । लिग वान अन्तर्गत गए राति भएको मार्सिल्लेविरुद्द खेलको क्रममा घाइते भएका नेयमारको खुट्टा भाचिएको हो ।
अब, उनी केही समय मैदान बाहिर रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै, उनले च्याम्पियनस लिगको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनीस क्लब रियल मड्रिडसँगको खेल पनि गुमाउने भएका छन् ।
पीएसजीले रियलसँगको पहिलो लेगमा ३१ ले पराजित भएको थियो । मार्च ७ मा हुने खेलमा पीएसजीले रियललाई हराउन घरेलु मैदानमा कम्तिमा ३० को जित निकाल्न आवश्यक हुन्छ । नेयमार घाइते भएपछि पीएसजीलाई दवाव बढेको छ ।
उनको खुट्टाको हड्डी भाचिएको र कुर्कुच्चाको हड्डीम समेत चोट लागेको बताइएको छ ।