संयुक्त राष्ट्रसंघदेखि सरकारी नक्कली कागजातसम्म बनाउने थिङ पक्राउ

Advertisement

काठमाडौँ: काठमाडौँको कोटेश्वरमा मेडिकल पसल संचालन गर्दै आएका र साथ् साथै विभिन्न सरकारी छाप र दस्तखत किर्ते अघियोग गरेको आरोपमा प्रहरीले २४ वर्षीय कविर श्रेष्ठ भन्ने उदय थिङलाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले विभिन्न सरकारी शिक्षण संस्थाहरु, स्वास्थ्य संस्थाहरु तथा सरकारी कार्यालयहरुको छाप तथा दस्तखत किर्ते गरी नक्कली कागजात तयार पारेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले काठमाडौँको कोटेश्वरमा डाक्टर हेल्थकेयर नामको मेडिकल पसल सञ्चालन गर्दै आएका थिए ।

हेटौडा–१७ स्थायी घर भएका २४ वर्षीय थिङले आफ्नो तथा अन्य व्यक्तिहरुको नाममा कागजातहरु तयार गरेको सूचना प्राप्त भएको आधारमा प्रहरीले उनलाई मेडिकलबाट नै पक्राउ गरेको हो ।

प्रहरीले उनको पसलबाट समाज कल्याण परिषद लैनचौरको लेटर प्याड, संयुक्त राष्ट्रसंघको पर्यवेक्षकको परिचय पत्र, नेपाल फर्मेसी परिषदको छाप, काठमाडौँ जेभियर पब्लिक स्कूलको छाप, सिटिइभीटीको छाप, परीक्षा नियन्त्रणको छाप र ल्यापटप बरामद गरेको छ ।
यस्तो छ व्यवस्था:
मुलुकी ऐन किर्ते कागज महल अनुसार किर्ते गर्ने व्यक्तिलाई सरकारी अड्डा छाप र सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई १ वर्ष कैद र उसै अड्डाको कर्मचारी भएमा २ वर्ष सम्म कदै हुने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement