काठमाडौंः बिभिन्न मानिसहरूलाई बिभिन्न किसिमको प्रलोभन देखाई विदेशी नम्बरहरू प्रयोग गरि फेसबुक मार्फत साथी बनाई ठगी गर्नेलाई पक्राउ गरिएको छ । पार्सलको रुपमा हिराको हार, फोन लगायतको वहुमुल्य पार्सल पठाएको छु भन्दै ठगी गर्नै एक नाइजेरियन नागरिकलाई पक्राउ गरिएको हो ।
सामानको फोटो फेसबुकमा पठाई सो पार्सल दिल्ली एअरपोर्टमा (ट्याक्स क्लियरेन्स) नभएर अड्किएको छ । सो टेयाक्स तपाईले गर्नु पर्छ भनि लाग्ने रकम माग्ने र ठगी गर्ने गरेको पाइएको छ ।
आफू बसेको होटल मालिकलाई बिदेशबाट साथीले रकम पठाउँछ भन्दै झुक्याएर खाता नम्बर लिई पार्सल पाउने भनिएकोलाई रकम जम्मा गर्न लगाई मार्सेलस चिगोजीलाई यही माघ १८ गते काठमाडौंबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी सो सम्वन्धमा थप अनुसन्धान भईरहेको ।