अवैध तरिकाले वैदेशिक रोजगारीमा पठाउने कन्सलटेन्सीका संचालक खड्का पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले राजधानीको पुतलीसडकबाट अवैध तरिकाले कन्सलटेन्सी चलाई श्रम रोजगारीमा मानिसहरु विदेश पठाउने गरेको अभियोगमा संचालक पुरुषोत्तम खड्कालाई पक्राउ गरेको छ ।

पूर्ण घटना विवरण यस्तो छ:
जिल्ला काठमाण्डौ गाँगलफेदी-५ घर भई हाल पुतलीसडक स्थित क्याची एजुकेसन एण्ड ट्रेनिङ कन्सल्ट्यान्सी प्रालीका संचालक वर्ष ४१ को खड्काले विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी अवैध तरिकाले ७ लाख देखि १२ लाखसम्म लिई वैदेशिक रोजगारीको लागि अजरवैजान,पोल्याण्ड,साउथ अफ्रिका,स्टोनिया,माल्टा लगायतका देशहरुमा पठाई अलपत्रसमेत पार्ने गरेको भन्ने विशेष सूचनाको आधारमा यस प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई यही १८ गते पुतलीसडकबाट पक्राउ गरेको, प्रहरीले उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिए ।

खड्काले शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट बिना इजाजत वैदैशिक रोजगार व्यवसाय संचालन गरी एजेन्टहरु मार्फत वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याई निजहरुले वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजातहरुसमेत आफैं तयार पारी पठाउने गरेको देखिएकोले निजलाइ थप अनुसन्धान एंव कारबाहीको लागि मिति २० गते वैदेशिक रोजगार विभाग बुद्दनगर पठाईएको साथै निजले विभिन्न मुलुकहरुमा रोजगारीको लागि पठाई अलपत्रमा परेका व्यक्तिहरुको सम्बन्धमा यस महाशाखाबाट समेत आवश्यक अनुसन्धान भईरहेको पनि उप्रेतीले जानकारी दिए ।
बरामद सामानहरु:-
(१) नेपाली राहदानी थान २५
(२) टोसिबा कम्पनीको कालो रंगको ल्यापटप थान १
(३) नोटरी पब्लिक लगायत विभिन्न सरकारी कार्यालयहरुको छाप थान १८
४) क्याची एजुकेसन एण्ड ट्रेनिङ कन्सल्ट्यान्सी प्रालीको पेयमेन्ट भौंचर तथा भिजिटिङ कार्ड
(५) विभिन्न व्यक्तिहरुको नाममा रहेको राहदानी तथा भिषाको प्रतिलिपिहरु
(६) विभिन्न बैकको चेकहरु तथा भरपाईका विवरणहरु

कानूनी सजायको व्यवस्था:-
वैदेशिक रोजगार ऐन२०६४ अनुसार कसुरको मात्रा हेरी तीन लाख देखि पाँच लाखसम्म जरिवाना र तीन वर्ष देखि सात वर्ष सम्म कैद सजाय हुने प्रावधान रहेको छ ।

Advertisement

Advertisement

Advertisement