सोलिडारिकी कप विजेता राष्ट्रिय फुटबल टोलीको राति नै भव्य स्वागत (फोटो फिचर)

Advertisement

काठमाडौंः मलेसियामा मंगलबार भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर नेपाल फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राति झण्डै १० बजे मलेसियाबाट फर्किएको टोलीका खेलाडीलाई सयौं, समर्थक र सरोकारवालाले स्वागत गरेका हुन । एसियाली फुटबल काउन्सिल (एएफसी)को आयोजनामा भएको अहिलेसम्मको सबैभन्दा ठूलो पदक जित्न नेपाल सफल भएको हो । 

Advertisement

नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाई स्वागत गर्न राष्ट्रिय खेलकुल परिषद, अखिल नेपाल फुटबल संघका नवनिर्वाचित पदाधिकारीहरु पनि विमानस्थल पुगेका थिए भने विदेश जान लागेका तथा विदेशबाट आएकाहरुले पनि हुटिङ गरेर खेलाडीहरुको स्वागत गरेका थिए ।  

खेलाडीको स्वागतमा एन्फाले राति नै र्याली निकाल्नुको थियो । त्यसका लागि नेपाली सेनाको चारवटा ट्रक सुसज्जित गरेर विमानस्थल पुर्याइएको थियो । र्याली गौशाला– बत्तिसपुतली– मैतीदेवी– पुतलीसडक– घण्टाघर–सहीद गेट–न्यूरोड– दरबार मार्ग– त्रिपुरेश्वर– थापाथली– कुपण्डोल– पुल्चोक– मंगलबजार– ग्वार्को हुँदै एन्फा कम्प्लेक्स पुगेको थियो । 

सोलिडारिटी कपमा नेपालले मकाउले एक शुन्यको अन्तरले हराउँर्दै उपाधि जित्न सफल भएको हो । जितसँगै सरकारले प्रत्येक खेलाडीलाई जनही तीन लाख रुपियाँ रुपहार दिने निर्णय गरिसकेको छ । 

तस्विरहरुः द्धारिका काफ्ले

Advertisement

Advertisement