नेपालमा पहिलो पटक खुल्ला स्केटबोडिङ च्याम्पियनशीप हुने

Advertisement

ललितपुरः नेपाल स्केटिङग तथा स्केटिङ बोर्ड संघले प्रथम राष्ट्रिय खुल्ला स्केटबोडिङ च्याम्पियनशीप आयोजना गर्ने जानकारी गराएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा स्केटिङ खेलको प्रर्वद्धन र विकासका लागि खुल्ला च्याम्पियनशीप आयोजना गर्न लागेको जनाएको हो । 

संघका अध्यक्ष अच्युत वाग्लेले ओलाम्पिक खेलमासमेत समावेश भएको स्केटिङतर्फ नेपाली युवाहरुको उत्साहजनक रुची रहेकोले नेपालमा पहिलो पटक यही मंसिर ११ र १२ गते सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेल आयोजना गरिएको बताए ।  

Advertisement

उनले भने, ‘यो खल नेपालका लागि केही नयाँ भएपनि संसारका विकसित देशहरुमा निकै लोकप्रिय छ । नेपालमा पनि यसलाई प्रर्वद्धन गर्न सकिए अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा समेत मेडलको आशा गर्न सकिन्छ ।’  

दुुई दिने प्रतियोगितामा देशैभरीबाट सहभागिता हुने गरी दुईसय खेलाडीहरुले प्रतिस्पर्धामा भाग लिने विश्वास लिइएको छ । खेलमा प्रारम्भिक र निर्णायक गरी दुुई चरणमा प्रतिस्पर्धा गराइनेछ ।

Advertisement

Advertisement