दिपेन्द्रसिंह ऐरीले नेपाललाई लगातार सातौं र आठौं सफलता दिलाएका छन् । उनले पीएनजीका जे किला र सिजा एमिनीको विकेट लिएका हुन् । पीएनजी अहिले २६ औं ओभरमा ११३ रन बनाएर खेलीरहेको छ ।
सन्दिपको चमत्कारीक बलिङ, नेपाललाई छैटौं सफलता
सन्दिप लामिछानेले नेपालका लागि लगातार विकेट लिरहेका छन् । उनले व्यक्तीगत चौंथा र टोलीका लागि छैटौं विकेट लिएका छन् । सन्दिपले पीएनजीका के डोरिगालाई आफ्नो चौथो सिकार बनाएका छन् ।
सन्दिपको विकेट ह्याट्रिक, पीएनजीले गुमायो पाँचौ विकेट
नेपाली क्रिकेटको हिरो सन्दिप लामिछानेले लगातार ह्याट्रिक विकेट लिएपछि नेपालले पौंचो सफलता पाएको छ । आइपीएलमा आबद्ध भएका सन्दिपले आफ्नो स्तर अनुसारको खेल प्रदर्शन गरेपछि पीएनजी लगातार विकेट गुमाइरहेको छ ।
सन्दिपले पीएनजीका एमडी दाईलाई आउट गरेका हुन् ।
नेपाललाई चौंथो सफलता, सन्दिपले लिए दोस्रो विकेट
नेपाललाई सन्दिपले व्यक्तीगत दोस्रो तथा टोलीका लागि चौंथो विकेट लिएका छन् । उनले आफ्नो तेस्रो ओभरमा पीएनजीका एस बाजुलाई आउट गरेका हुन् । बाजुले पीएनजीका लागि २१ बलमा ११ रन बनाएका थिए । पीएनजीले खेलमा १५ ओभरमा ५८ रन बनाउँदै चार विकेट गुमाएको छ ।
पीएनजीको तेस्रो विकेट लिए सन्दिपले
पीएनजीले लगातार एकपछि अर्को विकेट गुमाउँदै गएको छ । सन्दिपले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । नेपालका बलरहरु समक्ष पीएनजीका ब्याट्सम्यानलाई टिक्न गाह्रो परिरहेको छ । हाल पीएनजी १३ ओभरमा ५२ रन बनाएर तीन विकेट गुमाएको छ ।
करणको नाममा दोस्रो विकेट
करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका छन् । करणले पीएनजीका ओपनर टीपी उराको विकेटका रुपमा नेपाललाई सफलता दिलाएका हुन् । उराले पीएनजीका लागि २३ बलमा ११ रन बनाएका थिए । हाल पीएनजीले आठ ओभरमा दुई विकेटको क्षतीमा २९ रन बनाएको छ ।
सोमपालले लिए पहिलो विकेट
नेपालका लागि सोमपाल कामीले पहिलो सफलताका रुपमा विकेट लिएका छन् । सोमपालले पीएनजीका ओपनर ए भालाको विकेट लिएका हुन् । भालाले सात बलबाट १० रन बनाइसकेका थिए । हाल पीएनजीले २.४ ओभरमा १२ रन बनाएको छ ।
नेपालले टस जितेर रोज्यो %