राजनीति र कर्मचारीतन्त्रमा भ्रष्टाचार धेरै, धन र पहुँचका आधारमा न्यायसमेत प्रभावित

Advertisement

काठमाडौंः नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । नेपालमा नीतिगत भ्रष्टाचार, नियोजित भ्रष्टाचार, निर्देशनात्मक भ्रष्टाचार, आर्थिक भ्रष्टाचार तथा भौतिक एव्म सामाजिक भ्रष्टाचार गरी पाँच प्रकारका भ्रष्टाचार अत्यधिक मौलाएको सो सस्थाले जनाएको छ ।

Advertisement

भ्रष्टाचार, घुसखोरी, कालोबजारी, राजस्व छलीजस्ता अनुचित क्रियाकलापबाट हुने रकम मुलुकको ढुकुटीमा बचत गराउने आफ्नो संस्थाको अन्तिम लक्ष्य भएको संस्थाका अध्यक्ष रामकुमार ठाकुरले बताए । उनका अनुसार, देशको संविधान तथा कानुनको अधिकतम प्रयोग गरी पाँच प्रतिशत मानिसले मात्र फाइदा उठाइरहेको र अरु ९५ प्रतिशत नागरिक तिनै कानुनका कारण पीडा भोग्नु परिरहेको छ । 

धनी तथा राजनीतिक पहुँचका आधारमा न्याय प्रभावित हुने गरेको आरोप ठाकुरको छ । उनले युनिटी लाइफ इन्टरनेसनल कम्पनीका निर्देशक विश्वनाथ गौतम निर्दोष भए पनि विगत छ वर्षदेखि उनलाई जेलमा राखेकोमा दुःख व्यक्त गरे । 

निर्देशक गौतमकी पत्नी दीपा गौतमले पतिको रिहाइको माग गर्दै विगत छ महिनादेखि धर्नामा बस्दै आएको भए पनि कुनै सुनुवाई नभएकोप्रति आक्रोश व्यक्त गरे । युनिटीका अध्यक्ष काशी गुरुङलगायत सञ्चालकहरु फरार रहे पनि कर्मचारीको रुपमा काम गर्दै आएका गौतमले जेल सजाय भोग्दै आएका छन् । रासस 

Advertisement

Advertisement