हालसम्मकै सबैभन्दा बढी अफिमसहित तीन नेपाली पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले हालसम्मकै सबैभन्दा बढी अबैध लागु औषध अफिमसहित तीन नेपाली नागरिक पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो (एनसीवी) ले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो ।

एनसीवीले हिजो साँझ छ बजे समयमा व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा जिल्ला मकवानपुर बकैया गाउंपालिका वडा नं.-६ ज्यामिरे घर भएका बर्ष २९ को सोम बहादुर तितुङको साथबाट लागु औषध अफिम २ के.जि., ऐ. मकवानपुरगढी गाउँपालिका वडा नं. १ रानीशेरा घर भएका बर्ष ३० को बज्र बहादुर भोम्जनको साथबाटलागु औषध अफिम १ के.जि. र ऐ.मकवानपुरगढी गाउँपालिका वडा नं. ३ शिखरकटेरी घर भएका बर्ष २६ को प्रेम बहादुर थिङको साथबाट लागु औषध अफिम १ के.जि. गरी जम्मा ४ (चार) किलो लागु औषध अफिमसहित जिल्ला काठमाण्डौ दक्षिणकाली न.पा.वडा नं. ५ त्रिभूवन आदर्श मा.बि. अगाडी सडक किनाराबाट पक्राउ गरिएको हो ।

Advertisement

Advertisement

Advertisement