राजधानीमै १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

Advertisement

काठमाडौंः बलात्कारका श्रृङखलाबद्ध घटनाहरु दोहोरिरहेको बेला फेरि अर्को घटना राजधानीमै घटेको छ । काडमाडौंमा एक १५ वर्षीय किसोरी पटक पटक हप्तौं दिनसम्म सामूहिक बलात्कारको सिकार भएको घटना बाहिरिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार सुस्त मनस्थितिको उनलाई चालक र सहचालकले करिब दुई सातासम्म लगातार बलात्कार गरेर छाडेको खुल्न आएको हो । बल्खुमा रहेका आफ्न्तकामा जान भनेर फागुन १७ गते उनी कीर्तिपुरको घरबाट साँझको समय पारेर निस्किइन् । त्याँहाबाट बा२ख४५९५ नम्बरको गाडीमा चढेर पछाडीको सिटमा बसेकी उनी ओर्लने बेलामा निदाइन र चालक र सहचालकको गिद्दे नजरमा परिन ।

त्यसपछि उनलाइ चालक र सहचालकले सामुहिक बलात्कार गरे । भोलिपल्ट पनि लगातार बलात्कारपछि बसुन्धराको ग्यारेजमा लगेर पटक पटक बलात्कार गरिरहे । साँझ उनलाई चालकको कोठामा लगियो र छ दिनसम्म लगातार बलात्कार गरिरहेको खुल्न आयो ।

२४ गते उनी भागेपनि फेरि सहचालकले उनलाई भेटेपछि फेरि चालकको कोठामा लगेर बलात्कार गरिरहे । हप्ता दिनसम्म राखेपछि उनलाई अर्कैको जिम्मा लगाइयो र त्याँहा पनि किसोरीलाई सामुहिक बलात्कार गरियो । लगातारको बलात्कारपछि उनलाई गर्भ निरोधक औषधी खुवाएर २५० रुपियाँ दिएर छाडेपछि २९ गते उनी घर पुगिन् ।

तर, किशोरी हराएकै दिनमा र घर आएको भोली पल्ट पनि उनका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिए । त्यसपछि प्रहरीले चालक भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गर्यो । अर्का चालक र सहचालक पनि पक्राउ परे ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको थापाले बताए ।

Advertisement

Advertisement

Advertisement