गोंगबुमा खाजा घरका नाममा यौनधन्दा सञ्चालन, सञ्चालकसहित चार पक्राउ

Advertisement

काठमाडौंः राजधानीको गोंगबुमा खाजा घरको नाममा खुलेको न्यू पाल्पाली रानीमहल खाजा घरले यौनधन्दा सञ्चालन गर्दै आइरहेका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खाजा घरको नाममा यौनधन्दा सञ्चालन गर्दै आइरहेका सञ्चालक हेमन्त गैरे, सानु राई र दुईजना महिलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पक्राउ गरेको हो ।

उनीहरुले टोखामा खाजा घरको नाममा कोठी सञ्चालन गर्दै आइरहेको खुलेपछि प्रहरीले पक्राउ परेका हुन् । सञ्चालकहरुले होटलमा वेटर, सररफाइललाई भनेर काममा राख्ने र जबरजस्ती अपरिचित व्यक्तीसँग यौनधन्दा गराएको प्रहरीले जनाएको हो ।

महिला कामदार अपरिचित पुरुषसँग जान नमानेमा शारीरीक र मानसिक यातदानाको साथै होटलमै बन्धक बनाएर राख्ने गरेका प्रहरीले बताएको छ । दिनमा एक जना महिलाले कम्तिमा छ जनासँग यौनधन्दा गर्न लगायर रकमसमेत नदिएको देखिएको छ ।

प्रहरीले आरेपिहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement