काठमाडौंः गएराति बाँकेमा ३० वर्षीय युवकले आफ्नै श्रीमती शान्तिदेवी बर्माको गोली हानि हत्या गरेका छन् । डुडुवा गाँउपालिका ३ का सञ्जयकुमार बर्मारे २८ वर्षीय श्रीमतीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी बाँकेले गएराति ११ः ३० बजे उनले छोरीसँग सुतिरहेकी श्रीमतीलाई आफ्नै नाममा दर्ता गरिएको बन्दुकले हानेर हत्या गरेको बताएको छ ।
प्रहरीले शान्तिदेवीको कोखा र दाहिने हातमा गोली लागेकाले घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
हत्याको आरोपमा प्रहरीले सञ्जयकुमारलाई पक्राउ गरेको छ । हाल मानसिक रोगसँग लडिरहेका उनले औषधी सेवन गरिहेका थिए ।
सञ्जयकुमारले प्रहरीसँगको बयानमा श्रीमतीको नोकरसँग अवैध सम्बन्ध भएकाले हत्या गरेको बताएका छन् ।
घटनामाथि थप अनुसन्धान भईरहेको जनाइएको छ ।