प्रदेश टुक्राउने निर्णयविरुद्ध अन्दोलन गर्दै आएका युवा संघ रुपन्देहीका अध्यक्षको हत्या

Advertisement

काठमाडौंः पाँच नम्बर प्रदेश टुक्राउने सरकारी निर्णयको विरोधको नेतृत्व गर्ने मध्येका एक युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ । 
 
रुपन्देहीको देवदहस्तिच कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी हत्या गरेका हुन । पाँच नम्बर प्रदेश विभाजनविरुद्ध आन्दोलनको केन्द्र बनेको रुपन्देही जिल्लामा प्रमुख प्रतिपक्ष दल एमालेले आन्दोलनको नेतृत्व गर्दै आएको छ । 

सदभावना पार्टीका नेता राजेन्द्र महतोले मधेसीमा एमालेलाई सफल गर्ने भनेर सार्वजनिरुपमा अभिव्यक्ति दिएको भोलिपल्टै तिवारीको हत्या भएको हो । यद्यपि हत्या राजनीतिक उद्देश्यले हो वा अन्य कारणले भन्ने कुरा खुल्न सकेको छैन । सोमबार दिउँसो करिव साढे ३ बजे गोली लागी गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

Advertisement

तिवारीमाथि गतवर्ष पनि गोली प्रहार भएको जनाइएको छ । गोली हान्नेको खोजी कार्य भइरहेको भन्दै रुपन्देही प्रहरीका डिएसपी मुकुन्द मरासीनीले घटनास्थलमा पुगी अनुसन्धान थालिएको जानकारी दिएका छन् । 

छानबिन आयोग बनाउन एमालेको माग
नेकपा एमालेले आफ्नो युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न र घटनाको यथार्थ तथ्यका छानविन आयोग बनाउन माग गरेको छ । 

हत्यामा आर्थिक लेनदेन कारण प्रमुख कारण भनिए पनि त्यसमा विश्वास गर्ने अवस्था नरहेको भन्दै एमाले सचिव योगेश भट्टराईले स्वतन्त्र छानबिन आयोग बनाउनुपर्ने माग गरे । एमालेले यो घटनालाई प्रदेश नम्बर ५ को सीमांकन हेरफेरसँग जोडिएको छ छैन अध्ययन गर्न पार्टी कमिटीलाई भनेको छ ।

केही दिनअघि उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्षमाथि गोली प्रहार गरे पनि उनी जोगिन सफल भएका थिए । उनले पनि प्रदेश टुक्राउने निर्णयको विरुद्ध व्यवसायीहरुको नेतृत्व गर्दै आएका थिए । 

Advertisement

Advertisement