काठमाडौंः आउँदो पुस १५ र १६ गते काठमाडौंदेखि सौराहासम्म मोटर र्याली हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोट्र्स क्लबको समन्वयमा उक्त मोटर र्याली आयोजना गर्ने भएका हुन् ।
मोटर र्याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ हुनेछ । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त र्यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकको भनाइ छ ।
मोटर र्यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजम्लाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देशसमेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्नेछ । यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर ¥याली’ हो । नासा र लायन्स क्लब लगायतका विभिन्न संस्थाले यो भन्दा पहिले यस प्रकारका नौै वटा मोटर र्याली सम्पन्न गरिसकेका छन् ।