काठमाडौंः महेन्द्रनगरलाई इलिमिनेटरमा पराजत गर्दै काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले फाइनलमा टिम चौराहा धनगढीसँगको भेट पक्का गरेको हो ।
खेलमा टस हारेर सुरुवाती ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै महेन्द्रनगरले १४२ रनको योगफल तयार पारेको थियो । सुरुवाती ब्याटिङ गरेको महेन्द्र नगरले सुरुवातमा राम्रो प्रदर्शन गर्न सकेन । काठमाडौंका भारतीय खेलाडी सन्नि पट्टेले खेलमा जादुयी प्रदर्शन गर्दै छ विकेट लिएपछि महेन्द्रनगरको ब्याटिङ क्रम ध्वस्त बन्यो ।
पट्टेलले महेन्द्रनगरका कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिशंकर शाह, रोहित कुमार पौडेल र भुवन कार्कीलाई सुन्यमा आउट गरे ।
महेन्द्रनगरका आरिफ शेख ब्याटिङमा आएर टोलीको ब्याटिङलाई मध्यक्रमको बनाए । उनले टोलीका लागि ४३ रनको योगदान दिए । भारतीय खेलाडी पुनित मेहराले ५८ रन र करण केसीले २१ रनको योगदान दिएपछि महेन्द्रनगरको धर्मराएको ब्याटिङले लय लियो ।
काठमाडौंका लागि सन्नि पट्टेलले छ विकेट, पष्प थापाले र सुबोध भाटीले समान १ विकेट लिए । काठमाडौंले केहिबेरमा ब्याटिङ सुरु गर्नेछ ।
जवाफी ब्याटिङमा आएको काठमाडौका सुबोध भाटीले सार्वधिक ५२ रन, अमित श्रेष्ठले २६, ज्ञानेन्द्र मल्लले २५ रन बनाए ।