काठमाडौंः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रवार) उपाधिका लागि घरेलु टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्स भिड्दै छन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले सार्वधिक २५ लाख रुपियाँ र उपविजेताले १० लाख रुपियाँ पाउने छन् ।
टिम चौराहा पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने काठमाडौंले इलिमिनेटरमा महेन्द्रनगर युनाइटेडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
बिहीवार भएको दोस्रो क्वालिफायरमा काठमाडौंले महेन्द्रनगरमाथि ५ विकेटको सानदार जित निकालेको थियो । लिग चरणका खेलमा अपराजित काठमाडौंले क्वालिफायरमा चौराहासँग एक मात्र हार ब्योहेरेको थियो ।
लिग चरणमा चौराहालाई पराजित गरेपनि प्रतियोगिताको र्शीष स्थानमा काठमाडौं र दोस्रो स्थानमा चौराहा परेपछि क्वालिफायरमा भेट भएको थियो । फाइनल अघि भएको दुई भेटमा दुवै टोलीले समान १ खेल जितेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भएको दुई टोलीको पहिलो भेटमा काठमाडौंले ७ विकेटको जित निकालेको थियो । तर, पहिलो क्वालिफायरमा टोलीसँग पराजित भएपछि दोस्रो क्वालिफायरमा जित निकाल्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो ।
खेल दिउँसो साँढे १२ बजेदेखि सुरु हुनेछ ।