इटहरी। सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो ।
पूुर्वाञ्चल र सशस्त्र प्रहरीे एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो ।
एपिएफले गरेको प्रहार पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रोके वा नरोकेको भन्ने बिषयमा सुरु भएको विवाद उग्र रुप लियो । एपिएफले आप्mनो प्रहारबाट चौका प्राप्त गरेको जिकिर गरिरहँदा निर्णायकले चौका नआएको बताउँदै खेल नियमितरुपमा सुरु गर्न पटक पटक आग्रह गर्दा पनि खेल सुरु हुन सकिएन् ।
विवादपछि एपिएफका अफिसियल र खेलाडीले आपूmलाई चौका नदिए नखेल्ने निर्णय गरें । पटक पटक खेल सुरु गर्न आग्रह गर्दा पनि एपिएफले खेल्न नमानेपछि निर्णायकले स्वत पूर्वाञ्चल विजयी भएको घोषणा गरें ।
एपिएफको टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुुभव सङ्गालेका खेलाडीको दबदबा थियो भने पूर्वाञ्चलमा समेत राष्ट्रियस्तरका निकै राम्रा खेलाडीको सहभागिता रहेको थियो ।
प्रतिस्प्रधात्मक खेलमा विवाद निस्किएपछि डिभिएम स्कुलको खेल मैदान केही समय तनावग्रस्त देखिन्थें । पटक पटकको आग्रहलाई अस्वीकार गरेपछि निर्णायक अघित प्रधानले एपिएफका खेलाडी मैदानमा नआएकै कारण पूर्वाञ्चल टोलीलाई विजयी घोषित गर्न बाध्य भएको निर्णय सुनाउन मैदानमा आएका थिए ।
घोषणापछि एपिएफले रजत पदकसमेत त्यागेको घोषणा गर्दै खेल मैदानबाट बाहिरिएको थिए । सो अवसरमा एपीएफकी टिम क्याप्टेन बिनु बुढामगरले आफूलाई अन्याय गरेको गुनासो सुनाइन् ।
त्यस्तै पूर्वाञ्चलकी टिम क्याप्टेन कविता गौतमले खेलमा एपिएफले सहभागिता जनाएको भए जित्ने सम्भावना रहेको बताइन् । तर अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी टिमले खेल नै बहिस्कार गरेर हिँड्नु ठीक नभएको उनले प्रतिक्रिया दिए।
उसुमा सशस्त्रलाई स्वर्ण
धरान १३ को अमरहाटस्थित कवर्ड हलमा भइरहेको उसु खेल प्रतियोगिताअन्तर्गत महिला छाङछ्वानको प्रतिस्पर्धामा सशस्त्र प्रहरीकी सुस्मिता तामाङले प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेकी छिन् ।
सो प्रतिस्पर्धामा मध्यमाञ्चलकी जुनि स्याङ्बो लामाले रजत र सुदूरपश्चिमाञ्चलकी अलिशा खातीले कास्य पदक प्राप्त गरेकी छिन् ।
यसैगरी पुरुषतर्फको छाङछ्वानतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका विजय थापा सिँजालीले स्वर्ण पदक प्राप्त गरे भने मध्यमाञ्चलका कुमार सिँजाली मगरले रजत तथा सशस्त्र प्रहरीको एपिएफका कृजो आलेमगरले कास्य पदक प्राप्त गरेका छन् ।
त्यसैगरी पुरुष थायची छ्वान अलराउन्डमा नेपाली सेनाका हरिप्रसाद गोले स्वर्ण, पूर्वाञ्चलका पासङ शेर्पा रजत र सशस्त्र प्रहरीका बिवेक श्रेष्ठ कास्य पदक प्राप्त गरेका छन् । त्यस्तै महिला थायची छ्वान अलराउन्डको खेलमा नेपाली सेनाकी सविता राई स्वर्ण, नेपाली सेनाकै करुणा महर्जन रजत र सुदूरपश्चिमाञ्चलकी सम्झा चौधरी कास्य पदक हात पारेकी छिन् ।
उसु खेलकै पुरुषतर्फको तावसु कुन्सु अलराउन्डतर्फ भएको प्रतिस्पर्धामा मध्यमाञ्चलका राजु लामा स्वर्ण, नेपाल प्रहरीका राजिव तामाङ रजत र नेपाली सेनाका विश्व बुढामगर कास्य पदक प्राप्त गरेका छन् । यस खेलअन्तर्गत ४८ केजीदेखि ८५ केजी तौल समूहका १५ वटा खेलका अन्तिम चरणका खेलहरु हुन बाँकी रहेको मुख्य रेफ्री रमेशकुमार तुलाधारले बताए।
यस्तै महिलातर्फको चिएनचु छिएनचु तर्फको प्रतिस्पर्धामा नेपाली सेनाकी ओसिन राई स्वर्ण, एपिएफकी कविता थापामगर रजत र नेपाली सेनाकै मीना गेलान कास्य पदक हात पारेकी छिन् ।
पुरुषहरुको नानछ्वान अलराउन्डरमा मध्यपश्चिमाञ्चलका दीपक हमाल स्वर्ण, एपिएफका युवराज थापामगर रजत र एपिएफकै सोनी श्रेष्ठ कास्य पदक प्राप्त गरेका छन् । महिलातर्फको सो खेलमा नेपाली सेनाकी मीना घलेमगर स्वर्ण, मध्यमाञ्चलकी रसु तामाङ रजत र पूर्वाञ्चलकी अनु राई कास्य पदक प्राप्त गरेका छन् ।
सेना र सशस्त्र सेमिफाइनलमा
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान १७ को एन्फा टेक्निकल खेल मैदानमा आज भएको नेपली सेना र सशस्त्र प्रहरीको एपिएफ विभागीय टोलीबीच भएको खेलमा गोलरहित बन्दा अङ्क तालिकाको आधारमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
खेल अवधिमा २ मा जित तथा एकमा बराबरीसहित सेनाले ७ अङ्ककासाथ सेमिफाइनल प्रवेश गरेकाहुन् ।
त्यस्तै आजको बराबरीसँगै सशस्त्र प्रहरी टोलीले पनि सेमिफाइनल प्रवेश गरेको छ । एकमा जित तथा दुईमा बराबरी खेलेको सशस्त्र प्रहरीले ५ अङ्कका साथ सेमिफाइनल पुग्ने अवसर पाएको छ ।
यअसघि सोमबार नै नेपाल प्रहरी र मध्यमाञ्चल टिम सेमिफाइन प्रवेश गरिसकेका छन् । सेमिफाइनलका खेल बुधबार हुनेछ । रासस