काठमाडौंः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरको उपाधि टिम चौराहा धनगढीका स्पिनर ललितसिंह भण्डारीले जितेका छन् ।
भण्डारीले लिग च्याम्पियन टोली चौराहालाई उपाधि दिलाउन महत्वपूर्ण भुमका खेलेपछि उपाधि जितेका हुन् ।
मोस्ट भ्यालुयवल प्लेयरको उपाधिसँगै भण्डारीले सुनको जुत्ता पनि पाएका छन् । उनले गोल्डस्टार शुले प्रयोजन गरेको उक्त सुनको जुत्ता पाएका हुन् । प्रतियोगितामा भण्डारी सात खेलबाट सार्वधिक १४ विकेट लिन सफल भए ।
१४ विकेट लिएपछि उनी प्रतियोगिताको सार्वधिक विकेट लिने खेलाडी समेत बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउनलाई उनले फाइनलमा ३ विकेट लिए ।
उनकै उत्कृष्ट बलिङको मद्धतमा काठमाडौंलाई चौराहाले २१ रनको रोमाञ्चक जित निकाल्यो ।