राष्ट्रिय महिला भलिवल प्रतियोगितालाई शिवम सिमेन्टको प्रायोजन

Advertisement

काठमाडैंः शिवम सिमेन्टले वैशाख २१ गतेदेखि २५ गतेसम्म चल्ने राष्ट्रिय महिला भलिवल प्रतियोगितालाई सह प्रयोजन गर्ने भएको छ । शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा हुने भलिवल प्रतियोगिताको प्रयोजन शिवम सिमेन्टले गर्ने भएको हो ।

शिवमले प्रतियोगिताको तेश्रो संस्करणमा पनि सह प्रायोजकको रुपमा प्रतिष्ठानलार्य सहयोग गरेको थियो । प्रायोजन गरेपछि शिवमले प्रतियोगितालाई पाँच लाख रुपियाँ दिने भएको हो । पाँच लाख दिने सम्झौता भएकोमा शिवमले प्रतिष्ठानलाई तीन लाख रुपियाँ दिने छ भने दुई लाख रुपियाँ बराबरको अन्य सामग्री दिने छ ।

शिवमका निखिल अग्रवाल र प्रतिष्ठानकी संरक्षक माता गमली खड्काबीच सम्झैता पत्रमा हस्ताक्षर भएको छ । यस्तै शिवमको मुख्य प्रायोजनमा न्युडायमण्ड राष्ट्रिय महिला भलिवल कप प्रतियोगिता आयोजना भएको थियो ।

राजधानीको त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा छ टोलीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपियाँ पाउँनेछन् ।

Advertisement

Advertisement

Advertisement