‘रातो नम्बर’ आतङ्क फैलाउने कलाकार पक्राउ

Advertisement

काठमाडौंः सामाजिक सञ्जालमा ‘रातो नम्बर’बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराइलीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनीहरुहरूलाई पक्राउ गरेको हो ।

Advertisement

गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट एनसेलको नम्बरमा फोन आएको भन्दै फेसबुकमा ‘स्टाटस’ राखेकी थिइन । जुन स्टाटसको आधारमा विभिन्न अनलाइनमासमेत नकारात्मक समाचार आएको थियो । तर प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको नम्बरमा रातो नम्बरबाट फोन नआएको भेटिएको थियो । 

सोही क्रममा गायक बराइलीले गुगलबाट एप्स डाउनलोड गरी फोन गर्दा रातो नम्बर देखिने बनाएको तथ्य खुलेपछि ब्युरोले बराइलीलाई पक्राउ गरेको हो । ब्युरोले पत्रकार सम्मेलन गरी रातो नम्बरको अफवाहमा नपर्न र यस्तो हल्ला नफैलाउन सबैसँग आग्रह गरेको छ । 

ब्युरो प्रमुख एव्म प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रातो नम्बरबाट फोन आउने र उठाउँदा ज्याने जान सक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किने भन्ने जस्ता अफवाह फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गरे ।

पत्रकार सम्मेलनमा गायिका पाण्डे र गायक बराइलीले आफूहरूले अन्जानवश गल्ती गरेको स्वीकार गर्दै सजाय भोग्न तयार रहेको बताएका थिए । ब्युरोले भोलि हाजिर हुन आउने गरी आज साँझ उनीहरूलाई रिहा गरेको छ । रासस

Advertisement

Advertisement