एजेन्सीः स्पेनिस क्लब बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रेको उपाधि जितेको छ । टोलीले आफ्नो क्लबको इतिहासमा यस उपाधिसँगै कोपा डेल रेको ३-०औं उपाधि जितेको हो ।
बार्सिलोनालाई उपाधि जिताउन लुइस स्वारेजले गरेको दुई गोल काफी रह्यो । गएराति भएको प्रतियोगिताको फाइनलमा सेभियाविरुद्ध ५-० को फराकिलो नतिजा निकाल्दै बार्सिलोनाले उपाधिमाथि कब्जा जमाएको हो ।
राजधानी मड्रिडमा भएको फाइनल खेलको १४औं मिनेटमा स्वरेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको ३१औं मिनेटरमा लिओनेल मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
४०औं मिनेटमा स्वरेजले टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए । दोस्रो हाफको ५२औं मिनेटमा एनिष्टाले र ६९औं मिनेटमा काउटिनहोले पेनाल्टीबाट गोल गर्दै ५-० को जित शुनीश्चित गरे ।