मेसीलाई पछि पार्दै 'फिफा बेस्ट प्लेयर अवार्ड' रोनाल्डोको पोल्टामा

Advertisement

एजेन्सी : यस बर्षको 'फिफा बेस्ट प्लेयर अवार्ड' स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् ।

विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखी यो बिधा समेटेको थियो र यसको घोषणा गय राती गरिएको हो ।
 
जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले बेस्ट प्लेयरको अवार्ड हात पार्ने क्रममा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लिओनल मेस्सी र एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन गि्रजम्यानलाई पछि परेका हुन् ।

Advertisement

रोनाल्डोले एक महिनाअघि फ्रान्स फुटबलले प्रदान गर्ने बेलोन डि’ओरको उपाधि पनि जितेका थिए ।

दुवै अवार्ड रियल मड्रिडका लागि युरोपियन च्याम्पियन्स लिग र पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएवापत प्रदान गरिएको हो ।

फिफामा आवद्ध मुलुकका राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फिफाले छनोट गरेका पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलमार्फत बिजेता छनोट गरिएको हो । चार प्रकारका मतले २५/२५ प्रतिशत स्थान दिइएको थियो ।

रोनाल्डोले जम्मा मतको ३४.५४ प्रतिशत पाएका थिए भने मेस्सीले २६.४२ र गि्रजम्यानले ७.५३ प्रतिशत मत पाएका थिए ।

 

Advertisement

Advertisement