तेत्तिश किलो अबैध सुन कान्डमा दुई भन्सार अधिकृत पक्राउ

Advertisement

काठमाडौं : साता दिनअघि ३३ किलो अवैध सुन तस्करीमा संलग्न रहेको आसंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले भन्सारका दुई अधिकृतलाई बिहीवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका भन्सार अधिकृतद्वोय श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाल पक्राउ परेका हुन् ।

Advertisement

दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट बिहीबार पास भएको थियो ।

सो सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो ।

सुनको असली मालिकको खोजीलाई तिव्रता दिइरहेको सीआईबीले बिहीबार दुई जना भन्सार अधिकृतहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

‘यादव र ढकालको सुन तस्करसँग मिलेमतो देखिन्छ । उनीहरु दुवै भन्सारका अधिकृतहरु हुन् । थप अनुसन्धान गर्दैछौं,’ सीआईबी स्रोतले  भन्यो । यसअघि भन्सार बिभागले २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर छुट्टै अनुसन्धान सुरु गरेको थियो ।

 

Advertisement

Advertisement