काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको कडा सुरक्षा र जाँच पार गरेर ३३ किलो सुन बाहिरिएको घटनामा आफ्नोसमेत नाम जोडिएपछि अर्थमन्त्री कृष्णबहादुर महराले त्यसलाई आफ्नो चरित्र हत्याको प्रयास भनेका छन् ।
केही दिनयता राजनितिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले समाचार आएको भन्दै महराले सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीउपर कडाभन्दा कडा कारवाही गर्न मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरुलाइ स्पष्ट निर्देशन दिएको बताएका छन् ।
तत्कालिन बिद्रोही माओवादीका लडाकुहरु रहेको शिविर व्यवस्थापन र लडाकुहरुको भक्तामा करोडौं रुपियाँ नियमितता गरेको आरोप लाग्दै आएका महरामाथि पछिल्लो समयमा सुन तस्किरीमा समेत अप्रत्यक्षरुपमा संलग्न रहेको आशंका भइरहेको छ ।