राजधानीबाट दश लाख रुपियाँसहित हुन्डी कारोबारी पक्राउ

Advertisement

काठमाडौंः अवैध रुपमा हुन्डीको माध्यमबाट विदेशमा पैसा पठाँउदै आएका एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खचिएको विषेश टोलीले १० लाख ४० हजार रुपियाँसहति शुक्रवार पक्राउ गरेको हो ।

झापा शिवगञ्ज गाँउपालिकाका २४ वर्षीय विपिन उप्रेती ठुलो नगदसहित पक्राउ परेका ह्न । शंकास्पद तरिकाले झोला बोकिरहेको बेला चेकजाँच गर्दा हुन्डी गरेको खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानपछि मुख्य कारोबारी रमेश शिवाकोटी भएको र ३३ लाख रुपियाँसम्मको कारोबार भएको खुलेको प्रहरीले बताएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

Advertisement

Advertisement

Advertisement