काठमाडौंः राजधानीका विभिन्न स्थानबाट पुरातात्विक महत्वका धातुबाट बनेका मुर्तीलगायतका वस्तु विदेशीलाई बेच्ने तीन जना पक्राउ परेका छन् । उनीहरुलाई कमसल मुर्ती महँगोमा बेचेको आरोपमा प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो ।
दरबारमार्गमा रहेको क्यूरियो आर्टमा पुरातात्विक महत्वका बहुमूल्य धातुका मुर्तीलगायतका वस्तुलाई १२औं र १३औं सताब्दीको भन्दै करोडौं मूल्यम बेच्दै आइरहेका थिए । उक्त आर्ट पसलका सञ्चालक दीपकरत्न शाक्य १२ वटा मुर्तीसहित पक्राउ परेका हुन् ।
साथै, क्यूरो कन्सर्नका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्टका सञ्चालक शीशीर शाक्य पुराना मुर्ती बिक्री गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट प्राचिन स्कारक संरक्षण ऐन २०१३ अनुसार कारबाही गरिने जनाइएको छ ।
उनीहरुको साथबाट विभिन्न बुद्ध र अन्य मुर्ती २४ वटा, धातुबाट बनेका १८ वटा र पुराना बिचाम प्वाल भएका एक सय एक थान सिक्का बरामद गरेको छ । आरोपीहरुले ७० वर्षअघिदेखि यस्ता मुर्तीहरु बिक्री वितरण गर्दै आइरहेको खुल्न आएको छ ।