विद्युत प्राधिकरणका विद्युत चोरहरुलाई प्रहरीले पक्रियो

Advertisement

काठमाडौंः राजधानी काठमाडौंसहित मुलुकमा विभिन्न स्थानमा विद्युत चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्राधिकरणका सुपरभाइजरसहितका कर्मचारी छन् । 

उनीहरुले उपत्यकासहित देशका विभिन्न स्थानमा मिटर बिगार्ने, उल्टो घुमाएर रकम कम उठेको देखाउने र ग्राहकलाई थोरै रकम तिराउने जस्ता कार्यमा संलग्न प्राधिकरणका ११ जना कर्मचारीसहित १६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

Advertisement

प्रहरी पक्राउ गरेकाहरुमा प्राधिकरणको बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, भक्तपुर शाखाका पूर्वसुपरभाईजर भगवान पाण्डे, प्राधिकरणका पूर्वमेन्टिनेन्स टहलबहादुर कार्की र बाँकी मिटर रिडर छन् । मिटर रिडरहरुमा मनिष श्रेष्ठ, महादेव प्रधान, अच्युत खड्का, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन छन् । 

उनीहरुसँग मिलेर विद्युत चोरी गर्ने पाँचजना व्यवसायी पनि फन्दामा परेका छन् ।जसमा गोकर्णेश्वरको मन्जुश्री खानेपानी फ्याक्ट्रीका सञ्चालक कुमार लामा, गौशालाको मिठाई पसल सञ्चालक तपन घोष, नक्सालका कपास व्यापारी परवेज आलम र अनामगरको रामेश्वर मिठाइ पसलका सञ्चालक रमेश चुँडाल छन् । 

पक्राउ परेकाले प्रत्येक दिन २० देखि २५ ठाउँमा यस्तो काम गर्दै आएको प्रहरीको भनाई छ । उनीहरुको थप अनुसन्धान भइरहेको भन्दै प्रहरी अपराध महाशाखाले बषौंदेखि थुप्रै ग्राहकहरुसँग मिलेर प्राधिकरणका यी कर्मचारीहरु चोरीमा ंलग्न रहँदै आएको खुल्न आएको बताएको छ । 

Advertisement

Advertisement