पोखरा : बिजुली चोरीको घटना अाइरहेको बेला नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सातजना ग्राहकलाई जरिवाना सहित कारबाही गरेको छ । संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी ३५ हजार रुपिँया जरिवाना गरेको छ ।
उनीहरुको साथबाट केही थान मोटरसमेत जफत गरिएको संस्थानका प्राविधिक लक्ष्मण पाण्डेले बताए । संस्थानले पोखरामा पानी चोरी गर्नेको सूची तयार भइरहेको जनाएको छ ।
हाल ३७ हजार ग्राहकलाई खानेपानीको सुविधा पु¥याउँदै आएको संस्थानको करिब १७ करोड रुपिँया बक्यौता रहेको महशुल शाखाका कमलकान्त लामिछानेले जानकारी दिए । रासस