काठमाडौं : नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार विद्युत चोरी कार्यमा संलग्न थप एक ब्यापारीलाई पक्राउ गरेको छ । यो सँगै हालसम्म प्रहरीले २० जन विद्युत चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको छ ।
महाशाखाका प्रहरी उपरिक्षक प्रकाश जङ कार्कीका अनुसार विशेषत: काठमाण्डौ उपत्यकाका वाहिरका जिल्लाहरुका दर्जनौ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विषेशका घरहरुमा जडित विजुलीका मिटर बक्सहरुमा विद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीहरुको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैर कानुनी रूपमा मिटर बक्सहरूको अंक घटाई विद्युत चुहावट गरी विद्युतको खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा लोडसेडिङमा समेत गर्ने गरेको खुलेको छ।
त्यसैको स्वरुप, आज प्रहरीले काठमाडौंको बिभिन्न स्थानमा छापा समेत मारेको थियो । छापा मार्ने क्रममा सिन्धुपाल्चोक जिल्ला घर भएका लिसंखु-९ का काठमाडौं सुकेधारामा बुद्ध वासिङ्ग सेन्टरका संचालक बुद्ध कुमार लामालाई विजुली मिटर थान एक र विजुली मिटर सिल थान दुई सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि परिसर काठमाण्डौ पठाईएको कार्कीले जानकारी दिए ।
साथै निम्न स्थानहरुबाट विजुलीका सामानहरु बरामद गरिएको पनि प्रहरीले जनाएको छ भने त्यसका संचालकहरु भने फरार रहेका छन्।
१) काठमाडौं जिल्ला कपन स्थितमा रहेको रामकृष्ण ढुंगेलले संचालन गरेको सवनम प्लाष्टिक उद्योगबाट विजुली सिल थान २ र विजुली मिटर थान १ बरामद गरिएको संचालक फरार रहेको ।
२) काठमाडौं जिल्ला चावहिल स्थित मुरारी थापाले संचालन गरेको टेम्पु चार्जिङ्ग काराखानामा खानतलासी गर्दा विजुली मिटर थान १, विजुली मिटर सिल थान २ र कम्पनी दर्ता प्रमाण पत्र फेला पारी बरामद गरिएको संचालक फेला नपरेको ।
३) जिल्ला ललितपुर ईमाडोल स्थित रमेश कुमार लुनियाले संचालन गरेको बोतल कारखानामा खानतलासी गर्दा विजुली मिटर थान २, विजुली मिटर सिल थान ४ र कम्पनी दर्ता प्रमाण पत्र फेला पारी बरामद गरिएको संचालक फेला नपरेको ।