गोली हानी नौ लाख लुट्ने समूह पक्राउ, रकम र मोटरसाइकल बरामद

Advertisement

धनगढीः आइएमईबाट झिकेर बैंकमा जम्मा गर्न लग्दै गरेको अवस्थामा गोली हानी नौ लाख लुटेर भाग्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मोटरसाईकलमा आएका दुई लुटेरालाई कैलालीको गेटाबाट प्रक्राउ गरेको हो ।

पक्राउ परे पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल बरामद गरेको छ । बिहान करिब १० बजेतिर सेञ्चुरी बैंकको अगाडी गोली प्रहार गरि नौ लाख ५० हजार रुपियाँ लुटेर भागेको थिए ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले ओरोपितहरुको नाम भने सार्वजनिक गरेको छैन ।

Advertisement

Advertisement

Advertisement