काठमाडौंः सुन तस्कर समुहका मालिक भनिने छिरिङ वाङ्देल घले (डभिड)ले आत्मसमर्पण गरेका छन् । उनी आइतवार बिहान मोरङ जिल्ला अदालतमा कानुन व्यवसायीको साथमा आत्मसमर्पण गर्न पुगेका हुन् ।
सुन तस्कर भुजुङ गुरुङका सालो उनी भिनाजुले गर्ने तस्करीमा गर्ने लगानीको व्यवस्था गर्दै आएका थिए । सुर तस्करी प्रकरणमा पक्राउ परेका अधिंकास ओरोपीले डभिड भिनाजु गुरुङका लागि काम गर्ने खुल्न आएको थियो ।
बारिहरबाट अवैध बाटो हुँदै आएको सुनको व्यवस्थापनका साथै गारे समूहको निगरानी समेत उनले गर्थे । विमानस्थलबाट आएको अवैध साढे ३३ किलो सुन हराउनुमा डभिड मुख्य योजनाकार रहेको पक्राउ परेकाले बयान दिएका छन् ।