'कृषि अनुसन्धान र कुक भिषामा' जापान पठाउँछु भन्ने कन्सल्टेन्सीका संचालक तामाङ पक्राउ

Advertisement

काठमाडौँ : प्रहरीले जापानमा अग्रिकल्चर रिसर्च भिषामा जापानमा रोजगारीको लागि पठाउछु भन्दै ठगी गरी हिड्ने एक कन्सल्टेन्सीका संचालकलाई  पक्राउ गरेको छ ।   

बसुन्धारास्थित इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लिका संचालक जिल्ला काभ्रेपलाञ्चोक सर्स्युखर्क गाविस-७ का देवराज तामाङलाई पक्राउ गरिएको हो ।  

Advertisement

उनले आकर्षक तलवको सुविधा भएको कुक भिषामा जापान पठाईदिने भन्दै १४ लाख ५० हजार देखि नौं  लाख ५० हजार सम्म लिएर सात जनालाई ठगी गरि फरार रहेका थिए । पीडितहरुको जाहेरीका अनुसार  तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार पक्राउ गरेको हो ।

उनले खोटाङ बाहुनीडाँडाकी छपन सरी राईबटा दुई लाख पचास हजार, जिल्ला धादिङ जीवनपुर घर भएका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, धादिङ छत्रेदेउरालीका शम्भु प्रसाद लोहनी, काठमाण्डौ सितापाईलाका सुदन भट्टराई समेत गरी ७ जनालाई एग्रीकल्चरल रिसर्च भिषामा आकर्षक तलवमा जापान पठाईदिने जनही ९ लाख ५० हजार उठाई ठगी गरेको खुल्न आएको प्रहरी उपरीक्षक प्रकाश जंग कार्कीले जानकारी दिए । 

Advertisement

Advertisement