सुन तस्करीमा संलग्न रहेको आरोप लागेका पोदारको घरमा छापा

Advertisement

काठमाडौंः अवैधरुपमा विमानस्थलबाट भित्र्याइएको सुन र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा सुन तस्करी अनुसन्धान समितिले व्यापारी विमल पोदारको घरमा छापा मारेको छ । गृहमन्त्रालयका उपसचिवको नेतृत्वमा गठन भएको समितिले डिल्लीबजारमा रहेको पोदारको अपार्टमेन्टमा छापा मारेको हो ।

छापा मारेपछि उनको सुन तस्करी सम्बन्धि कारोबारको विस्तृत जानकारी पाउने आशा प्रहरीले गरेको छ । समितीका अनुसार पोदार हुन्डिको कारोबारमा संलग्न र अवैध सुन तस्करी देखिएको छ ।

प्रहरीले पोदारलाई मंगलवार डिल्लीबजारबाट नियन्त्रणमा लिएको थियो ।

Advertisement

Advertisement

Advertisement