होलीमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २७५ प्रहरी फन्दामा, २० मापसे कारबाहीमा

Advertisement

काठमाडौँ: महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २७५  जनालाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिए । उनले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताए ।

Advertisement

राजधानीबाट मती प्रहरीले २२८, ललितपुरबाट ३० र भक्तपुरबाट ३० जनालाई नियन्त्रणमा लिइएको बताए ।

त्यस्तै, ट्राफिक प्रहरीले पनि ९२७ सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । जसमध्य, २० माधक पदार्थ सेवन गरेका चालकलाई पक्राउ गरी सवारी नियन्त्रणमा लिएको, ट्राफिक प्रहरी इन्स्पेक्टर मधु सुदन सिलवालले कर्पोरेट नेपाललाई जानकारी दिए । त्यसैगरी, १०८ बिना हेल्मेट नलगाई सवारी चलाउनेलाई पनि पक्राउ गरिएको उनले बताए ।

 

Advertisement

Advertisement