बंगलादेशले जीतका लागि नेपाललाई २५८ रनको चुनौती प्रस्तुत

Advertisement

काठमाडौं: एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाललाई बंगलादेशले जीतका लागि  २५८ रनको प्रस्तुत गरेको छ ।

शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर नेपालले ब्याटिङ निम्तो गरेको बंगलादेशलाई निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २५७ रनको योगफल बनायो ।

Advertisement

सुरुवाती तीनजना ब्याट्सम्यान सस्तैमा आउट भएपनि बंगाली कप्तान मोमिनुल हक र नसिर हुसेनले मध्यक्रमबाट इनिङ सम्हाल्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याए । छैटौं नम्बरमा ब्याटिङमा आएका हुसेनले अविजित १०९ रनको शतकीय पारी खेले । उनले ११५ बलको सामना गरी १२ चौका र २ छक्का हिर्काएका थिए । एउटा एण्डबाट विकेट झरिरहँदा नसिर हुसेनले बंगलादेशको पारी सम्हाल्दै उत्कृष्ट ब्याटिङ गरे ।

नवाैं विकेटका लागि उनले  अब्दुल हसन राजुसँग मिलेर ७६ रनको साझेदारी गरेपछि बंगलादेशले ठूलो योगफल बनाउन सफल भयो । अब्दुलले २९ रन बनाए ।


//////

 

४१ ओभरमा १८१ रनमा ८ विकेट झर्यो बंगलादेशको

आयोजक बंगलादेशसामु नेपालको कसिलो बलिङ्ग, बंगलादेशको ६ विकेट पतन (अपडेट)

काठमाडौं : बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली बंगलादेशबिरुद्ध कसिले बलिङ्ग गरिरहेको छ ।

बंगलादेश अहिले ३७ सकिंदासम्ममा ६ विकेटको पतनमा १६१ रनमा खेलिरहेको छ । अभिनस कर्णले व्यक्तिगत छ ओभरमा ३ विकेट लिंदै २१ रन खर्चेका छन् ।

सुरुवाती ११ ओभरमै चार विकेट गुमाएको बंगलादेशका लागि पाचौं र छैटौं विकेट युवा स्टार सन्दिप लामिछानेले लिएका छन् । उनले बंगाली कप्तान मोमिनुल हक र अफिफ हुसेनलाई पेविलियनको बाटो देखाए ।

पाचौं विकेट लिने क्रममा सन्दिपले हक र नसिर हुसेनको ७८ रनको पार्टनरसीप तोड्न सफल भए । २५औं ओभरको पहिलो बलमा उनले मोमिनुललाई ६१ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् ।

त्यसपछि आएका अफिफ हुसेनले पनि सन्दिपले नै ३२औं ओभरको दोस्रो बलमा पेविलियनको बाटो देखाए । उनी १४ रन बनाएर आउट भए ।

यसअघि ओपनिङ बलर अभिनाश कर्णले सुरुवाती पाँच ओभरमै तीन विकेट लिएर बंगलादेशलाई दवावमा ल्याएका थिए । ११औं ओभरमा मेहवुव आलमले विकेट लिएका थिए ।

 

Advertisement

Advertisement