भक्तपुरको उमामहेश्वर इट्टाभट्टामा भारतीय बालकको डुबेर मृत्यु

Advertisement

काठमाडौँ: भक्तपुर स्थित चन्द्रागिरी नगरपालिका -२२ मा उमा महेश्वर इट्टाभट्टामा काम गर्ने भारत वैराहिटी घर भएका सहिदर नौवाको ४ बर्षीय छोरा सरुक नौवा सोही ईट्टा भट्टाको पानीको खाडलमा डुवी मृत भेटिएको छ ।

चैत १२ गतेदेखि हराई रहेका बालकको शव पानीमुनि रहेको अवस्थामा विहिबार फेला पारिएको प्रहरीले जनाएको छ ।
इट्टाभट्टामा यस अघि पनि यस्ता घटनाहरु हुने गरेका छन्  ।

Advertisement

त्यस्तै, बुटवल उपमहानगरपालिका–७ बिकाशपथ बस्ने १० बर्षीय शिबम मधेसियाको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

विहीबार तिनाउ खोलामा एक्लै नुहाउने क्रममा डुबेका उनलाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।     

त्यसैगरी, बारबर्दिया नगरपालिका–११ जब्दी घाट पुल नजिक बबई नदी किनारमा विहीबार नाम, थर, वतन नखुलेको ४० बर्षीय पुरुष व्यक्तिको शव सडीगली सकेको अवस्थामा प्रहरीले फेला परेको छ ।  

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Advertisement

Advertisement