महिलालाई २० हजारमा वेश्यालयमा बेच्नेलाई प्रहरीले १८ बर्षपछि पक्रियो

Advertisement

काठमाडौंः एक महिलालाई १८ बर्षअघि मुम्बईको एक वेश्यालयमा २० हजारमा बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरे जेल चलान गरेको छ । नुवाकोट समुन्द्रदेवी–८ का विजय लामा भनिने विजय तामाङलाई प्रहरीले यही चैत २२ गते पक्राउ गरेको हो । 

तामाङसमेतले २०५५ सालको कात्तिकमा पीडित महिलालाई भारतको दिल्लीबाट कपडा ल्याई काठमाडौंको बालाजुमा बिक्री गर्ने बहानामा बनाई मुम्बईको वेश्यालय पुर्याएर २० हजारमा बिक्री गरेका थिए । 

Advertisement

बिक्री भएकी महिलाले आफू बेचिएको थाहा पाएपछि त्यहाँबाट भाग्न सफल भई नेपालमा आएर पीडकहरुविरुद्ध प्रहरीमा जाहेरी दस्खास्त दिएकी थिइन । अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंले २०५८ माघमा तामाङलाई १० बर्ष जेल सजाय सुनाएको थियो । 

लामो समयदेखि फरार रहेका तामाङलाई यही चैत २२ गते सामाखुशीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकोमा अदालतले कैद भुक्तानीका लागि केन्द्रीय कारागार पठाउन आदेश दिएको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement