सांसद पालमाथि रहस्यमय आक्रमण, बन्दुक देखाएर बैठकमा नजान धम्क्याइएको गुनासो

Advertisement

काठमाडौं । संसदीय सुुनुवाइ समितिको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरूको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ ।

समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरूको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताए ।समितिका सदस्यमा सुरक्षा खतरा देखिएपछि आजै सात जना सदस्यलाई सुरक्षाको व्यवस्थासमेत गरिएको छ ।

यसरी भयो ममाथि आक्रमणः पाल

सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८ः१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको हो ।

पालले भनिन, “घर बाहिरको सडकमा निस्किएलगत्तै एक व्यक्तिले घाँटीमा अठ्याएर पेस्तोल तेस्र्याएर मेरो हातको मोेबाइल खोस्यो, भोलिको बैठक (संसदीय सुनुवाइ)मा गइस् भने मारिदिन्छु ।”

मंगलबारको घटनाबारे कुरा गर्दै उनले भनिन, “कराइस् भने अहिले नै सिध्याइदिन्छु भन्यो, त्यसपछि त्यो व्यक्ति कता गयो मलाई त्यति होस् भएन, नजिकै तीन÷चार जना अरु मानिस पनि थिए, ती कता गए थाहा भएन ।”

घटना लगत्तै सांसद पालले प्रधानमन्त्री केपी ओलीलाई आफूमाथि भएको घटनाका बारेमा टेलिफोनमार्फत जानकारी गराएको बताइन । संसदीय सुनुवाइ समितिको बैठक प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्रीले उक्त घटना सार्वजनिक नगर्न भनेपछि आफूले परिवारका सदस्यलाई पनि नभनेको बताइन ।

आजको संसदीय सुनुवाइ समितिको बैठकलाई जानकारी गराएपछि सो घटना सार्वजनिक भएको हो । आजै उनीसहित समितिका सात सदस्यलाई सुरक्षा व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement