पोखराः कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रविचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्राहक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ । खनालले करिब आठ करोड रुपियाँ लिएर फरार भएको अनुमान प्रहरीको छ । बैंकले आफैले ठूलो रकम ठगी भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीमा उजुरी गरेपछि यो तथ्य बाहिर आएको हो ।