गोली हानी हत्या भएको विरोधमा रोल्पा बन्द, सहिद घोषण गर्नुपर्ने माग

Advertisement

रोल्पा । रोल्पा नगरपालिकाका तरुण दलका नगर सभापति रोहित पुनको हत्याको विरोधमा सोमबार दिनभर रोल्पा बन्द रहेको छ । आइतबार साँझ सुलिचौर बजारमा पुनको गाली हानी हत्या भएपछि सोमबार दिनभर रोल्पा बन्द भएको हो ।

घटनामा संलग्न र योजनाकारलाई गरी कारवाही गरिनृपर्ने, मारिएका पुनलाई सहिद घोषणा गरिनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै सदरमुकाम लिबाङ बजारमा प्रदर्शन भएको छ । सोमबार तरुण दलको आयोजनामा भएको प्रदर्शनमा नेपाली कांग्रेशका नेताकार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

दोषी उम्कन नपाउने प्रमुख जिल्ला अधिकारी एमसीले प्रतिबद्धता जनाएका छन् । सर्वदलिय बैठकमा विरोध कर्यक्रम नगर्ने र दोषिलाई कारवाही गर्न सघाउने सहमति भएको छ । नेपाली कांगे्रसले पीडित परिवारले मंगलबार शव बुझ्ने गरी वातावरण मिलाइरहेको कांग्रेसका सभापति पुनले बताए।

Advertisement

Advertisement

Advertisement