भाइटीका लगाइदिन माइत आएकी बहिनी र भान्जीमाथि आफ्नै दाजुबाट खुकुरी प्रहार

Advertisement

ताप्लेजुङ । एक व्याक्तिले तिहारमा भाइटीका लगाइदिन आएकी आफ्नै सहोदर बहिनी र भान्जीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का ३० वर्षीय विवस मगरले भाइटीकाको ४ दिनपछि आफ्नै बहिनी २६ वर्षीय रेनुका भुजेल, भान्जीहरु ८ वर्षीया कृष्टिना र ६ वर्षीया ओरिना भुजेलके टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

खुकुरी प्रहारबाट तीन जनाकै टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

बहिनी र भान्जीमाथि खुकुरी प्रहार गरेपछि विवस आफैंले सोही खुकुरीले आफ्नो भुँडीमा रोपेको र उनको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण थापा मगरले जानकारी दिएका छन् ।
बताए ।

मंगलबार बिहान साढे ५ बजे घटेको उक्त घटनाको कारण खुल्न नसकेको र अहिले घाइतेहरुको जिल्ला अस्पतालमा प्राथमिक उपचार भइरहेको उनले बताए । । घाइतेको थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर झिकाइएको उनले बताए । दाजु बहिनीबीच यसअघि कुनै विवाद नरहेको बताइएको छ

धनकुटाको पाख्रिबास नगरपालिका–८ घर भएकी रेनुका तिहारमा भाइटीका लगाइदिन माइत आएकी थिइन् । उनी मंगलबार बिहानै माइतबाट विदा भई घर जाने तयारीमा थिइन् ।

Advertisement

Advertisement

Advertisement