काठमाडौं । राजधानीको बालाजुमास्थित म्हेपीको पुलमुनी ८ वर्षीय बालकको शव भेटिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार तीन दिन अघि अपहरणमा परेको बालकलाई मारेर त्यहाँ फालिएको अवस्थामा शव भेटिएको हो ।
गोंगबुस्थित त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका प्रयास नाम गरेका ८ वर्षीय बालकको तीन दिन अघि अपहरणमा परेपछि हत्या भएको हो । प्रहरी अनुसन्धानका अनुसार बालकका बाबुकै सवारी चालक महेन्द्र सार्कीले अपहरण पछि हत्या गरेको खुलेको छ ।
कुँवरका सवारी चालक सार्कीले प्रहरीलाई दिएको बयानका आधारमा म्हेपी पुलमुनी बालकको शव भेटिएको थियो । स्याङ्जा घर भएका सार्कीले आफुलेनै अपहरण पछि हत्या गरेको प्रहरी सँगको बयानमा स्वकिारेका छन् ।