एनएमबि बैंकको एफपीओ बाँडफाँड, आवेदन गर्ने अधिकांसले पाए सेयर

Advertisement

काठमाडौंः एनएमबी बैंकको एफपिओ बाँडफाँड भएको छ । एफपिओमा दुई वटा आवेदन भर्ने र दुई लाख कित्ताभन्दा बढी आवेदन गर्ने दुई जना बाहेक बाँकी सबैले आवेदन गरे जति सेयर पाएका छन् ।

दुई लाख कित्ता भन्दा धेरैका लागि आवेदन गर्ने आवेदकले भने एक लाख ८५ हजार छ सय २६ र एक लाख ८५ हजार छ सय २७ कित्ता पाएका छन् । एफपिओमा आवेदन भर्ने ६९ हजार छ सय २६ योग्य आवेदकमध्ये एक लाख ५० हजार एक सय ५० कित्तासम्म आवेदन दिनेजति सम्पूर्णले माग गरे बराबर सेयर पाएका हुन् ।

बैंकले एक करोड १४ लाख १५ हजार ६३ कित्ता एफपीओ निश्कासन गरेकोमा पहिलो चरणमा बिक्री नभएपछि ढिलो अवधिसम्म बिक्री खुल्ला गरिएको थियो । संस्थागत लगानीकर्ताले सेयर खरिद गर्दा बैंकले निश्कासन गरेको एफपीओ बिक्री सहज भएको हो ।

एनएमबि बैंकले एफपीओ सहितको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने घोषण गरिसकेको छ । बजार मूल्यकै हाराहरीमा एफपीओको मूल्य भएका कारण सुरुमा अपेक्षित आवेदन पर्न सकेको थिएन । बोनस सेयर घोषणा गरेसँगै बैंकको सेयर सोमबार नेप्सेमा तीन सय ५६ रुपियाँमा कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement