भारतले बनाइदियो पशुपतिमा चारसय शैयाको धर्मशाला

Advertisement

काठमाडौं । भारतीय सहयोगमा पशुपतिमा चारसय शैलाको पशुपति धर्मशाला सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले शुक्रबार संयुक्तरुपमा यसको उदघाटन गरे ।

‘नेपाल–भारत मैत्री पशुपति धर्मशाला नाम दिइएको यस धर्मशाला २२ करोड रुपियाँमा निर्माण गरिएको हो । भारत सरकार र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौताअनुसार कोषको स्वामित्वमा रहनेगरी १० हजार ६२५ वर्गफिटमा यसको निर्माण गरिएको हो ।

तीन तले यस धर्मशालामा तीर्थयात्रीहरुका लागि आधुनिक सुविधाको प्रवन्ध गरिएको जनाइएको छ । भवनमा एक शैया, दुई शैया, चार शैया, १० शैया र १२ शैयाका कक्षहरु, भान्छा कोठा, भोजन गर्ने हल, पुस्तकालय, बहुउद्देश्यीय हल, वाटर ट्रिटमेन्ट प्लान्ट, सोलार हिटर र जेनेरेटरको व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement