खेललाई न्याय भएन, जसरी पनि ब्राजिललाई जिताउने षड्यन्त्र– मेस्सी

Advertisement

काठमाडौं । बार्सिलोना फरवार्ड लियोनल मेस्सीले गोल गर्न नसके पनि अर्जेन्टिनाले चीलीलाई २–१ ले हराएको छ । तर, मेस्सीले सो जित पछाडी आफुहरुलाई फुटबलले अन्याय गरेको बताएका छन् । आफ्नो अन्तर्राष्ट्रिय करिअरमा दोस्रो पटक रेडकार्ड देखाएर बाहिर निकालिएपछि अर्जेन्टिनाका लियोनल मेस्सीले खेललाई न्याय नभएको भन्दै दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कोन्मेबोल)को आलोचना गरेका हुन् ।

३६औं मिनेटको दौरानमा मेस्सी र चिलीका फुटबलर ग्रे मेडेल आपसमा ठोक्किएपछि दुवै खेलाडीले रातो कार्ड पाएका थिए । सो विषयलाई लिएर आलोचना भइरहेको छ । ‘हामी त्यो भ्रष्टाचारको हिस्सा बन्न सक्दैनौं जुन यो कोपा अमेरिकामा हामीविरुद्ध भइरहेको छ’ खेलपछि मिडियासँग कुरा गर्दै कप्तान मेस्सीले भने । प्ले अफमा अर्जेन्टिना तेस्रो स्थानका लागि भएको खेलमा विजयी भएपछि उनले सो कुरा उल्लेख गरेका छन् । आफ्नो टोलीले तेस्रो स्थान मात्र प्राप्त गरेकोमा उनले पश्चताप गरेका छन् ।

खेलमा सर्जियो अगुरो र पाउले ड्याबलाले एक एक गोल गरेपछि आर्जेन्टिनाले जित निकालेको थियो । विपक्षी टिमका तर्फबाट भिडालले पेनाल्टीबाट एक गोल फर्काएका थिए ।

‘सबैभन्दा महत्वपूर्ण भनेको हामे टिमले प्रतियोगिता राम्रोसँग अन्त्य गर्यो’ मेस्सीले भने ‘यो खेल आफूले अन्त्य गर्न नपाए पनि म शान्त भएर घर जानेछु ।’ मेस्सीले आफूले शीर ठाडो पारेर जाने उल्लेख गर्दै यो टिमले आफ्नो सबथोक दिएको बताए । ‘सुरुमै हारेको र बराबरी भएको खेलबाट अगाडि बढ्नु कठिन थियो तर त्यसले हामीलाई झै बलियो बनायो । हामीले यो खेलमा पनि राम्रो खेल्यौं र ब्राजिलविरुद्ध पनि राम्रो खेलेका थियौं’ मेस्सीले थपे ।

उनले अन्तिम सिट्टी बजेको केही मिनेटमै सो टिप्पणी गरेका थिए । साथै, उनले दक्षिण अमेरिकी आयोजनामा भ्रष्टचार भएको आरोपसमेत लगाएका छन् । । ‘यो प्रतियोगितामा ब्राजिललाई जसरी पनि जिताउने गरी सेटिङ गरिएको कुरामा कुनै शंका छैन’ मेस्सीले अगाडि भने ‘म आशा गर्छु कि फाइनलमा पेरुसँग यस्तो नगरियोस । पेरुलाई कुनै धाँधलीबिना खेल्न दिइयोस् ।’ तर, पेरुसँगको खेलमा स्वच्छ वातारणमा खेल हुनु कठिन रहेको मेस्सीले बताए । ब्राजिललाई जसरी पनि जिताउने सेटिङ भएकोले फाइनलमा पेरुलाई हराउन यस्तै षड्यन्त्र गरिने उनले दावी गरे ।

‘म यो भ्रष्टचारको भागिदार बन्न चाहन्न । हामीले यस्तो अनादरको पात्र बन्नु हुने थिएन । हामी यो कोपा अमेरीकाबाट पीडित बनेका छौं ।’ उनले भने, ‘हामी अगाडी जान सक्ने थियौं तर फाइनलमा पुग्न सकेनौं । भ्रष्टचार, रेफ्री र केही थप कुराले मानिसलाई फुटबलको मजा लिनबाट रोकेको छ ।’

विगत दुई वर्षको कोपा अमेरीकाको फाइनलमा अर्जेन्टिनाले चिलीसँग पेनाल्टीमा हारेको थियो । तर यो सिजनमा चिलीलाई हराएपछि खेलाडीलाई सान्त्वना मिलेको छ ।

उनले पत्रकार भेटघाटमा बोल्दै भने, ‘मलाई अझैसम्म थाहा छैन, मेस्सीले त्यस्तो के गरे र उनलाई बाहिर पठाइयो ? फुटबलमा यदि आफ्नो टिमको केही साथीलाई गलत गरेमा यो टिमलाईनै गलत गरेका ठहर्छ ।’ उनले थपे, ‘हामीले यो कार्य मेस्सीसँग भएको देख्यौं ।’

Advertisement

Advertisement

Advertisement