नेपाल र पपुवा न्यूगिनी भिड्दै

Advertisement

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज सोमबार नेपाल र पपुवा न्यूगिनी भिड्दैछन् । अहिले जारी रहेको खेलमा नेपालले पहिले ब्याटिंग गर्दैछ। अहिले नेपालले ९ ओभरको खेल सकिदा, दुई विकेटको नोक्सानीमा ३० रन मात्रै जोडेको छ।

यूएईको अबुधाबीमा हुने खेलमा दुबै टीम उत्तिकै दबावमा हुनेछ र जितका लागि आतुर छन् । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुबै टोलीले हार व्यहारेका थिए । नेपाल स्कटल्याण्डसँग र पपुवा न्यूगिनी नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

Advertisement

च्याम्पियनसिपका ८ मध्ये ६ टीमले २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेल्नेछन् । नेपालले आज आपनिङमा अनिल मण्डल र सुवास खकुरेलको जोडीलाई उतार्नेछ ।अनिल पछिल्लो समय लयमा छन् ।

बलिङमा सोमपाल कामी, करण केसी, शक्ति गौचन र बसन्त रेग्मी छन् । तर, सोमपाल चोटका कारण खेल्न सक्ने नसक्ने अन्यौल छ ।

Advertisement

Advertisement